दफा १०ख
लेखा राख्नु पर्ने
(१) दफा १०क. बमोजिम अन्त:शुल्क विवरण पेश गर्नुपर्ने व्यक्तिले अन्त:शुल्क लाग्ने वस्तु वा सेवाको उत्पादन बिक्री त्यस्तो वस्तु वा सेवाको उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ सहायक कच्चा पदार्थ आदिको खरिद खपत तथा अन्तिम मौज्दातको मूल्य तथा परिमाण खुल्ने तोकिए बमोजिमका विवरण सहितको लेखा अद्यावधिक राख्नु पर्नेछ र त्यस्तो लेखा अन्त:शुल्क अधिकृतले निरीक्षण गर्न माग गरेका बखत उपलब्ध गराउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको खरिद उत्पादन निष्काशन बिक्री र मौज्दात खाता सम्बन्धित अन्त:शुल्क अधिकृतद्वारा प्रमाणित गराई लेखा राख्ने प्रयोजनका लागि प्रयोग गर्नु पर्नेछ ।

(३) इजाजतपत्रवालाले कारोबारको लेखा छ वर्षसम्म सुरक्षित राखनु पर्नेछ ।

(४) यस ऐनको कार्यान्वयनको निमित्त अन्त:शुल्क अधिकृतले लिखित रूपमा सूचना दिई अन्त:शुल्क लाग्ने वस्तु वा सेवाको कारोबारको सम्बन्धमा जानकारी माग गर्न सक्नेछ ।